प्रहरीले तनहुँ १ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने ४ जनालाई पक्राउ गरेको छ ।
तनहुँ प्रहरीले पुष्पलाल श्रेष्ठ, रामबहादुर बुढा, धनबहादुर परियारसहित ५ जनालाई दमौलीबाट पक्राउ गरेको हो ।
चुनाव वहिष्कार गरौ भन्ने नारा लगाउँदै अनसन चोकमा बिहीबार कार्यक्रम गरेका नेकपा माओवादी बहुमत, नेकपा मसाल लगायतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।





