काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक शम्भु भनिने दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
सोमबार बिहान तीनतले घरको छतबाट खसेर उनी गम्भिर घाइते भएका थिए ।
भरतपुरस्थित पुरानो मेडिकल कलेजको सघन उपचार कक्षमा उपचाररत् उनलाई चिकित्सक र आफन्तको सल्लाहमा काठमाडौं ल्याएर नेपाल मेडिसिटी अस्पताल पठाइएको लामिछानेले फेसबुकमार्फत जानकारी दिएका छन् ।
भरतपुरमा करिब ३६ घण्टा उपचारको क्रममा शम्भुको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको उनले बताएका छन् ।
उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।