एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ। cका हुन्। यसअघि तेस्रो विकेट पनि उनैले लिएका थिए।
३९.१ ओभरमा ललितले विजय उन्नीलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन्।
यसअघि ललितले तेस्रो विकेट लिँदै विरनदीप सिंह अर्ध सतकीय पारी खेल्नबाट रोकेका थिए।
नेपालका लागि पहिलो विकेट गुल्सन झा र दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए।
एसिसी प्रिमियर कप वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।
जसमा नेपाल समूह ‘ए’ मा परेको छ।
नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ।
प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।
एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।