राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा फेला परेका छन्। भरतपुरस्थित एक घरको तीन तला माथिबाट खसेको अवस्थामा उनी फेला परेका हुन्।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज (सोमबार) बिहान ४ बजे भाडामा लिएको घरको छतबाट खसेको अवस्थामा भेटिए। थापाको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भईरहेको छ।