काठमाडौ । नेपालमै पाइलट उत्पादन गर्न दुईवटा स्कुलले अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सुभम एभिएसन प्रा.लि र चन्द्र सूर्य एभिएसन प्रा.लिलाई अनुमति दिएको बताए ।
वर्षौदेखि मन्त्रालयमा अनुमतिपत्रका लागि आवेदन दिएका यी स्कुलले अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संसोधन गर्दै नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले फ्लाइङ स्कुल खोल्न अनुमति दिएको मन्त्री किराँतीले बताए ।
अन्य प्रक्रिया पुरा गरी आएकालाई पनि अनुमति दिने उनको भनाइ छ ।