नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने बताएका छन् ।
जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खांणले वैशाख १० को उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताएका हुन्
उनले गठबन्धनमा आबद्ध दलहरुबीच प्रदेश सरकारहरुमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको पनि बताए ।’सबै प्रदेशमा आलोपालो गररेर विभिन्न दलले विभिन्न चरणमा लिने गठबन्धनभित्रको दलमा सहमति भएको छ । यो कार्यान्वयन हुँदै जान्छ,’ उनले भने ।
उनले राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयक पनि अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गर्नुपर्ने बताए ।
आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौं नेपालीले भोगिरहेकाले उक्त विधेयकलाई प्रमाणीकरण गराउनका लागि पहल गर्न सरकारसँग माग गरे ।
साथै, विभिन्न आन्दोलनको क्रममा राजनीतिक दलका नेताकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता प्रक्रियासमेत अघि बढाउनु पर्ने उनको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान कैलालीको अत्तरियास्थित नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा पुगेका छन् । त्यहाँ भट्टसँग समसामयिक विषयमा छलफल गरेको प्रचण्डले बताएका छन् ।
भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए । ‘यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’
लेखराज भट्ट राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गरेको जानकारी प्रचण्डले दिए ।
पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि माओवादी नेकपा एमालेतिर लागेका थिए । भट्ट माओवादीभित्र प्रचण्ड निकट मानिन्थे । एक सार्वजनिक कार्यक्रममा प्रचण्डले भट्ट एमालेतिर लाग्दा आफूलाई रातभर निद्रा नलागेको बताएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड धनगढीको गेटा विमानस्थलबाट भट्टको निवासमा गएका थिए । भट्टको परिवारले प्रचण्डलाई फलफूल खुवाएको थियो । त्यहाँबाट प्रचण्ड कञ्चनपुरतर्फ प्रस्थान गरेका छन् ।
onlinekhabar