विन्डोक : स्टेभन टेलर र आरोन जोन्सको अर्धशतकप्रेरित अमेरिकाले आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनी (पीएनजी)लाई दुई ३६ रनको लक्ष्य दिएको छ।
वान्डरर्स क्रिेकट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिकाले सात विकेट गुमाएर दुई सय ३५ रनको योगफल तयार गर्यो।
ओपनर टेलरले एक सय ३३ बलको सामना गर्दै ६ चौका र एक छक्कासहित ८१ रनको महत्त्वपूर्ण इनिङ खेले। यस्तै, जोन्सले ७७ बलमा दुई चौका र तीन छक्कासहित ६५ रनको योगदान गरे।
पीएनजीका लागि सेमो कामेयाले १० ओभरमा ३२ रन खर्चेर दुई मेडनसहित सर्वाधिक तीन विकेट लिए। कप्तान आसाद भालाले दुई तथा रिले हेकुरेले एक विकेट लिए।
सुरआती तीन खेलमा पराजित पीएनजी अंकविहीन छ। अमेरिका तीन खेलबाट दुई जितसहित दोस्रो स्थानमा छ। ६ टिम सहभागी प्ले अफको शीर्ष दुई टिमले जुन–जुलाईमा जिम्बाव्बेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छ।