सुदूरपश्चिम प्रदेशमा माध्यामिक शिक्षा परीक्षा (एसईई) विहीबार बाट सुरु भएको छ।
प्रदेशमा माध्यामिक शिक्षा परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ। सुदूरपश्चिममा दुई सय आठ परीक्षा केन्द्र रहेका छन्। एसईई परीक्षाको पहिलो दिनमा धेरै परीक्षार्थीहरू भने अनुपस्थित देखिएको शिक्षा विकास निर्देशनालय दिपायलले जानकारी दिएको छ।
डोटीमा ९४, बाजुरामा ५५,बझाङमा ९६, अछाममा १२१, दार्चुलामा ४६,बैतडीमा १३०, डडेल्धुरामा ३४, कञ्चनपुरमा ३६१ जना र कैलालीमा ३६१ जना गरी सुदुरपश्चिम भरी एक हजार दुई सय ९८ जना परीक्षार्थी अनुपस्थित रहेका शिक्षा विकास निर्देशनालय दीपायलले जानकारी दिएको छ।
प्रदेशमा नियमित,र ग्रेड वृद्घि गरी ५५ हजार तीन सय ७६ परीक्षार्थी रहेकोमा निर्देशनालयका अनुसार प्रदेशमा पहिलो दिन एक हजार दुई सय १८ जना अनुपस्थित भएका छन्।