काठमाडौं । लाओसले नेपालविरुद्ध एक गोलको अग्रता लिएको छ ।
खेलको १७औं मिनेटमा फौथाभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए ।
बोउनपाचाङले दिएको क्रस नेपालका मणी लामासँग डिफ्लेक्ट हुँदै फौथाभमेङको खुट्टाका बल पुगेको थियो । त्यहि, मुभमा नेपालका गोलकिपर किरण कुमार लिम्बुलाई जर्ज गर्ने मौका नदिई उनले सुन्दर गोल गरे ।