काठमाडौँ । मन्त्री र मन्त्रालयको विषयमा टुङ्गो लगाउन जनता समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ ।
सिंहदवारस्थित संसदीय दलको कार्यालयमा १२ः३० बजे बैठक बोलाएको प्रतिनिधि सभा सदस्य प्रदीप यादवले बताए ।
जसपा नेपालको भागमा दुईटा मन्त्रालय परेको छ तर जसपाले तीनवटा दाबी गरेको छ । तीनवटा नभए दुईटा मन्त्रालय र एउटा राज्यमन्त्री दिनुपर्ने जसपाको माग रहेको बुझिएको छ ।