पहिचानवादीहरूले कोशीका मुख्यमन्त्रीको राजीनामा माग्दै विराटनगरमा प्रदर्शन गरेका छन्।
कोशी प्रदेशको नाम खारेजी माग र प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले कालो झण्डा बोकेर प्रदर्शन गरिरहेका छन्।
गत चैत ५ गते प्रदर्शनका क्रममा घाइते पदम लिम्बूको उपचार क्रममा मृत्यु भएको थियो। उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गर्न समेत माग गरेका छन्। सोमबार बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहतस्वरूप तीन लाख रुपैयाँ दिने निर्णय गरेको थियो।