काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति गरेपछि कांग्रेस नेता पूर्णबहादुर खड्काले संसदमा माफी मागेका छन् ।
सदन चलिरहेको बेला कांग्रेस सांसद खड्का ओहोरदोहोर गरेपछि बर्तौलाले नियमापत्ति जनाएका हुन् ।
सांसद बर्तौलाले भने, ‘हाउसमा पटक-पटक मर्यादा विपरीतका काम भइरहे्को छ । प्रतिनिधिसभाको नियमावली २० को ६ बमोजिम सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक-पटक यो सदनको गरिमालाई धज्जी उडाउँदै सत्तापक्षकै सांसदहरूबाट यसप्रकारको काम भइरहेको छ । ध्यानाकर्षण होस् ।’
सांसद बर्तौलाको नियमापत्तिपछि खड्काले माफी मागे ।
उनले भने, ‘अन्देखाको कारणले नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ त्यसका लागि म क्षमा चाहन्छु ।’