नेपाल उद्योग वाणिज्य महासंघ को अध्यक्षमा पुनः शंकरबहादुर बोगटी सर्वसम्मत चयन भएका छन् । धनगढीमा सम्पन्न महासंघको छैटौं प्रदेशसभाबाट बोगटी अध्यक्षमा पुनः दोहोरिएका हुन् ।
उद्योग/वाणिज्य उपाध्यक्षमा मदनराज पन्त, एसोसियट/वस्तुगत उपाध्यक्षमा अनिल कुमार, कोषाध्यक्षमा लालमणि पन्त पनि सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरूमा पदमराज चौलागाई, बासुदेव गौतम, कृष्ण बहादुर तामाङ, सन्तोष खड्का, कृष्ण कुँवर, लोकराज भट्ट र शंकर बहादुर खड्का चयन भएका छन् ।