बैतडीः बैतडी जिल्लामा १६ वर्षमुनीको क्रिकेट प्रतियोगिता हुने भएको छ।
जिल्लामा १६ वर्षमुनीको क्रिकेट छनौट प्रतियोगिता शुक्रबारदेखि शुरु हुने भएको छ। जिल्लाका विभिन्न पालिकाहरुबाट आएका खेलाडीबाट टोली बनाएर प्रतिस्प्रर्धा गराइने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज वोकटीले बताए। खेलाडीलाई छनौट प्रतियोगितामा सहभागिता गराइदिन जिल्लाका सबै पालिकाहरुलाई जिल्ला क्रिकेट संघले पत्राचार गरिसकेको छ।
सहभागी हुन आउने खेलाडीलाई अनिवार्य रुपमा उमेर खुल्ने कागजपत्र ल्याउन समेत आग्रह गरेको छ। छनौट प्रतियोगिता देहिमाडौंस्थित निंग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेभएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा जिल्ला टोली घोषणा गर्ने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए। छनौट भएको जिल्लाको टोलीले प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नपाउनेछ।
नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनौट चैत १५ भित्र गरिसक्न यस अघिनै निर्देशन दिइसकेको छ।