काठमाडौँ ः : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जादैँ छन्। जिल्लामा तीन दर्जन बढि आवास भवनको उद्घाटन गर्न अध्यक्ष ओली झापा जान लागेका हुन्।
उनी दिउँसो १ बजे झापा जाने कार्यक्रम तय भएको छ।
उनले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भोलि नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्किनेछन्।