काठमाडौँ ः नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति जुम्लाको नवाैं अधिबेशनमा नेपाली काँग्रेस जुम्लाले ठाडो हस्तक्षेप गरेकाेछ। फागुन २३ गते उद्घाटन गरिएकाे अधिबेशन फागुन २४ गतेनै निर्बाचन गराउने कार्यतालिका रहेपनि पार्टिका जिल्ला स्तरिय केही नेताले हस्तक्षेप गर्दा निर्बाचन प्रक्रिया अघि बढ्न सकेकाे छैन। निर्बाचन समितिले फागुन २४ गते बिहान ९ बजे देखि निर्बाचन गर्ने कार्यतालिका राखेपनि काँग्रेसका केही जिल्ला स्तरिय नेताहरुले निर्बाचन नगराउन दबाब दिएपछि हाल सम्म निर्बाचन प्रक्रिया अघि बढ्न सकेकाे छैन।
जिल्ला अध्यक्ष पदमा ५ जना खगेश्वर आचार्य ,हमेन्द्र जंग शाही, जगत बहादुर शाही, नरेन्द्र महत र कुल बहादुर मल्लले उम्मेदवारी दिएकाछन । अध्यक्ष बाहेकका पदमा मनाेनयन गरिएकाे लिष्ट यश अघि नै निकालिए पनि अध्यक्ष काे नाम लिष्टमा ताेकिएकाेछैन ।निर्बाचन प्रक्रिया अघि बढाए पाटिका केही नेताहरुले चाहेकाे ब्यक्ति अध्यक्ष नहुने निश्चित भएपछि जबर्जस्ती ताेकेरै अध्यक्ष बनाउने रणनीतिमा पाटिका नेताहरु रहेकाे नेपाली काँग्रेस जुम्लाका जिल्ला कार्य समिति सदस्य घनश्याम थापाले बताए। स्वच्छ प्रतिस्पर्धा गरेरै अध्यक्ष बनाईनुपर्ने भन्दै अध्यक्षका उम्मेदवार हमेन्द्र जंग शाहीले प्रेस बिज्ञप्ति निकालेकाछन। बिधान बिपरित बनाईएकाे निर्बाचन समिति र पाटिका गुटमा रहेका नेताहरुले निरंकुश शैलिमा गरेकाे निर्णय आफुलाई मान्य नहुने बिज्ञ्यप्तिमा उल्लेख गरिएकाेछ। पाटिका केही नेताहरुले फरक ब्यक्तिलाई शिक्षक संघकाे जिम्मेवारी सुम्पिन चाहेकाले ठाडै हस्तक्षेप गर्न खाेजिएकाे संघमा आबद्ध शिक्षकहरु बताउछन।
स्वच्छ प्रतिस्पर्धा नगरि आफू मुताबिककाे मान्छेलाई टीका लगायर भातृ संगठनकाे नेतृत्व सुम्पने गलत अभ्यासका कारण नै संगठन कमजाेर बन्दै गइरहेकाे अध्यक्षका उम्मेदवार हमेन्द्र जंग शाहीले बताएकाछन। हस्तक्षेप गर्ने पाटिकाे आधिकारिक निर्णय नभएपनि नेतृत्व तहले निहित स्वार्थका लागि निर्बाचन समतिलाई दबाब दिएकाे जुम्ला बाट पत्रकार मोहन शाहिले बताएका छन।