काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक जारी रहेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी रहेको छ ।
उपराष्ट्रपति निर्वाचनपछिको अवस्था लगायत अन्य समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।