काठमाडौँ । स्ववियु निर्वाचनको दिन कलेजमा विभिन्न सामाग्री लैजान प्रतिबन्ध लगाइएको छ। त्रिभुवन विश्वविद्यालय विद्यार्थी तथा खेलकुद निर्देशनालयले कलेजहरूलाई निर्देशन दिँदै मतदानको दिन विभिन्न वस्तु लैजान रोक लगाएको हो ।
मतदानको दिन तरल पदार्थहरू पानीका बोतल, पेट्रोलियम पदार्थ, मादक पदार्थ, औंषधीजन्य वस्तु, सिसाका बोतल, रंगरमसी जस्ता तरल पदार्थ लैजान प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै नङकट, धारिलो हतियार, खुकुरी, भाला, छुरी, चक्कु जस्ता धातुजन्य वस्तु समेत लैजान रोक लगाइएको हो।
त्यस्तै मोबाइल, झोला, क्यामेरा, लाठी, हेल्मेट , छाता, मोटरसाइकल वा साइकलका चेन जस्ता डिजिटल बस्तु तथा कडा खालका बस्तु समेत रोक लगाइएको छ।
लाइटर, सलाई, ग्यास जस्ता आगोजन्य वस्तु समेत लैजान रोक लगाइएको हो। सोही आधारमा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशनालयले सबै कलेज तथा क्यामराहरूलाई आग्रह गरेको छ।