कञ्चनपुरः कञ्चनपुरका बस सञ्चालनमा भारतीयले अवरोध पु¥याएका छन्।
जिल्लाकोे महेन्द्रनगरबाट भारतको दिल्ली जाने ‘नेपाल–भारत मैत्री बस सेवा’ लाई भारतीय नागरिकले अवरोध गरेका छन् । ‘नेपाल–भारत मैत्री बस सेवा’ लाई भारतीय पक्षले अवरोध गरी वनबासामा रोकिएको छ।
शारदा ब्यारेक नजिक भारतीय ट्याक्सी व्यवसायीहरुले नेपाली नम्बर प्लेटका बस रोकेर यात्रुहरुलाई ओरालेर अवरोध गरेका हुन्। नेपाली प्रशासनले भारतीय नम्बर प्लेटका ट्याक्सीहरुलाई महेन्द्रनगर प्रवेश गर्न नदिएको भन्दै बस रोकेर विरोध गरेको बताइएको छ।
केही दिनअघि व्यवसायीहरुको अनुरोधमा भारतीय ट्याक्सीहरुलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नियन्त्रण गर्ने निर्णय गरेको थियो। भन्सारमा मनपरी तरीकाले लामो रुटमा भारतीय ट्याक्सीहरुले यात्रु ओसारिरहेको असर नेपालका यातायात ब्यवसायीहरुलाई परेपछि प्रतिबन्ध गरिएको छ।
नेपाल घुम्न आउने पर्यटक र सीमावर्ती बजारबाट सञ्चालित ट्याक्सीहरुको हकमा भने प्रशासनलाई त्यस्तो अनुरोध नगरिएको महाकाली बहु उद्देश्यीय यातायात प्रालिका उपाध्यक्ष विष्णु कँडेलले बताए।महेन्द्रनगरसम्म आउजाउ गर्दा समस्या नभएको तर दिल्लीबाट ट्याक्सि बुक गरेर सुदुरपश्चिमका विभिन्न जिल्लामा यात्रु ओसारगर्नमा रोक लगाइएको छ।
मनपरी ढंगले सञ्चालन भइरहेका ट्याक्सीलाई रोक्ने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्यालले नेपाली बस रोकिएकोबारे आफूलाई आधिकारीक जानकारी नआएको र त्यसबारेमा अनुसन्धान गरिने उनले बताएका छन्।