डोटीः डोटी जिल्लामा जिप दुर्घटनामा परेका घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका –६ सिलगढी देखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएकर मङ्गलवार दुर्घटना भएको थियो। जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
जिल्ला सुरक्षा समिति डोटीको समन्वय तथा पहल र नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। दुर्घटनामा परि ६ जना घाइते भएका थिए।
६ जना मध्य गम्भीर अवस्थाका दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ६५ वर्षीए धौली देवी बिस्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षका विष्णु बोहराको जिल्लामा उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले बताए।