काठमाडौँ । ठगी र किर्तेसहित चारवटा मुद्दामा पृथ्वी बहादुर शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतले शाह र उनका भाइ विजयविक्रम शाहलाई सोमबार कारागारमा पठाउन आदेश गरेको हो । अछाम घर भएका ३५ वर्षीय शाह सहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये ६ जनालाई अदालतको आदेश अनुसार थुनामा पठाइएको बताए । शाहसँगै पक्राउ परेकी मनिका तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।