काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता भइरहेको छ ।
निर्वाचनका मिति नजिकिँदै जाँदा विभिन्न घटनापनि बाहिरिन थालेका छन् ।
शनिवार उम्मेदवारी दर्ताको समयमा रत्न राज्य क्याम्पसमा उम्मेदवारी दर्ताको समयमा नेकपा एसका एक कार्यकर्ताले खुकुरी आतङ्क मच्चाएका छन् ।
क्याम्पस हाताभित्र नेकपा एसका एक कार्यकर्ता नाङ्गो खुकुरी देखाएर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूलाई धम्की दिँदै गरेको भिडिओ सार्वजनिक भएको छ ।
भिडिओमा उनी खुकुरी लिएर केही विद्यार्थीहरूलाई लखेट्न खाेजिरहेका छन् । प्रहरी स्रोतका अनुसार उनी नेकपा एसका एक नेतासँग त्यहाँ पुगेका थिए । उनी विद्यार्थी होइनन् ।
उनलाई विद्यार्थीहरूको सहयोगमा नियन्त्रणमा लिइएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् ।
के विषयमा विवाद भएको हो भन्ने खुलेको छैन ।