काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेका छन्। राष्ट्रपति पौडेल शुक्रबार बिहान पशुपतिनाथको मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधाना एवं दर्शन गरी फर्केका हुन्। त्यहाँ उनले करिब १ घन्टा पूजापाठ गरेका थिए। पूजापाठ गरेर प्रसाद ग्रहण गरेका थिए।
पशुपति दर्शनपछि राष्ट्रपति पौडेल सुन्दरीजल जाने कार्यक्रम छ।