काठमाडौं: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ। गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो। भोलि प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ। उम्मेदवारको नामावली पनि भोलि नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ।