काठमाडाँ ः राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक एंव संसद ज्ञानेन्द्र शाहीलेको एउटा स्टाटसले सामाजिक सञ्जाल नै हल्लिएको छ ।
उनले आफ्नो फेसबुक प्रोफाईलमा स्टाटस राख्दै भनेका छन अदालत लाई निष्पक्षरुपमा काम गर्न दिनु नै बिधिको शासन र प्रजातान्त्रिक मुल्य मान्यताको पालना गर्नु हो । त्यसैले कानुनी प्रक्रियामा आएका मुद्दाहरु अदालतले दर्ता गर्नु उसको कर्तव्य हो ।
पार्टीका नेता र सरकारले अदालतलाई धम्काउने काम कसरी बिधिको शासन हुन सक्छ ? यस्ता अनैतिक क्रियाकलाप तत्काल बन्द गरियोस । बिधिको शासन चाहिन्छ भनेर नै हिजो नेपाल आमाका सपुतहरुले अकालमै ज्यान गुमाएका हुन त्यसैले अदालतलाई धम्काउनु भनेको यो राष्ट्रको लागि बलिदान दिने शहिदहरुको अपमान गर्नु हो।
अदालतलाई धम्काउनेलाई अब जनताले र यो राष्ट्रले माफी दिन्छ जस्तो लाग्दैन समय बलवान् हुन्छ सत्यको ढिलो हुन्छ तर बिजय निस्चित छ ।
