धनगढीः कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१५ शारदा टोलकोमा आफ्नै घरमा वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मण चन्द मृत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले बताएको छ।
उनी आइतबार राति मृत फेला परेका हुन्। चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए।
उनी कार्यरत कार्यालयका एक अधिकारीका अनुसार चन्द राति घरमै झुन्डिएको अवस्थामा शव फेला परेको थियो। मृत्युको कारण भने खुल्न सकेको छैन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Dinesh khabar