काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् राष्ट्रपति पदका उमेदवार रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई र उनका भाइ सरोजको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
नेपालका भाइ तथा समाजवादीका नेता सरोजको हिजो शनिबार काठमाडौंमा पाँच तले घरबाट खसेर निधन भएको थियो ।
उनको निधनप्रति शोक जनाउँदै समवेदना दिन पौडेलले नेपाल परिवारलाई भेटेका हुन् ।