धनगढीः धनगढीमा सार्वजनिक ताल अतिक्रमण गरेर निर्माण गरिएका ५६ वटा पिल्लर धनगढी उपमहानगरपालिकाले भत्काएको छ।
धनगढी उपमहानगरपालिका–७ सडुवाबाबा ताल ताल अतिक्रमण गरेर ५६ पिल्लर गाडेर भौतिक संरचना निर्माण गर्ने तयारी भइरहेका बेला उपमहानगरपालिकाले अतिक्रमित ताल खाली गरेर पिल्लर भत्काएको हो।
ताल क्षेत्रको साढे ९ कट्टा अतिक्रमणमा परेपछि उपमहानगरपालिकाले अतिक्रमित क्षेत्र खाली गरेको छ। उपमहानगरपालिकाले अतिक्रमणमा परेका सबै तालहरु यसैगरी खाली गर्दै जाने बताएको छ।