काठमाडौं । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका भाइ तथा सो पार्टीका केन्द्रीय सदस्य सरोज कुमार उपाध्याय छिमेकीको घरबाट लडेर गम्भीर घाइते भएका छन् ।
नजिकैको घरबाट खसेर उपाध्याय गम्भीर घाइते भएको र हाल अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको नेकपा एसका उपमहासचिव डा।विजय पौडेलले बताएका छन् ।
उपाध्याय दुर्घटनामा परेपछि केही युवाले देखेर तत्कालै निजामति अस्पताल लगेको र अहिले न्युरोमा उपचार भइरहेको पौडेलले बताएका छन् । उपाध्याय नेकपा एसको इन्जिनियर विभागका प्रमुख पनि हुन् ।