काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफू माथि लागेको आरोप हटेको बताएका छन्।
आठ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा बोल्ने क्रममा देउवाले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको बताए। ‘रामचन्द्रजीलाई मैले कुनै भूमिका भन्ने लाग्दै आएको थियो होला, राष्ट्रपति बनाउँदैछौं’, विगतको स्मरण गर्दै देउवाले भने, ‘लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुख पाएको व्यक्ति हो। धेरै पहिले देखिको मेरो साथी हो।
सभापति देउवाले संविधान पालना गरेर यसप्रतिको आस्था जगाउने काममा भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए।