१६ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले माइराम पोखरी क्षेत्रमा बनेका अवैध भौतिक संरचनामाथि डोजर चलाएको छ ।
महानगरको सूचनालाई अटेर गरी नहटाइएको भौतिक संरचनामाथि डोजर चलाएको महानगरले जनाएको छ ।
महानगरले माइराम पोखरी क्षेत्रमा रहेका अवैध संरचना हटाउन सम्बन्धित पक्षलाई सूचनामार्फत आग्रह गरेको थियो । तर महानगरको निर्देशनलाई अटेर गरेपछि आज बाध्य भएर डोजर चलाउनु परेको महानगरले बताएको छ ।