महोत्तरी : चक्कु प्रहार गरी काकाको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरालाई प्रहरीले पक्राउ गरेको हो।
गत आइतबार राति विजेन्द्रले आफ्नै काका ७० वर्षीय शिव महरालाई चक्कु प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
वृद्धभत्ताको रकम नदिएको भन्दै आवेशमा आएका भतिजले काका शिव महरालाई हत्या गरिएको प्रारम्भिक अनुसन्धानले खुलासा भएको डीएसपी सन्तोष पोखरेलले बताएका छन्।
घटनालगत्तै फरार रहेको विजेन्द्र गाउँमा लागेको परिक्रमा मेलामा आएको मौका छोपी प्रहरीले पक्राउ गरेको हो।