काठमाडौं :राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव पढेर सुनाएका थिए।
बैठकले उक्त शोक प्रस्ताव पारित गरेको हो । बैठकमा सहनाज रहमानप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो । रहमानको ६३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक फागुन १५ गते सोमबार बोलाइएको छ ।
Ratopati