काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आकस्मिक बैठक बोलाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ८ बजे आकस्मिक बैठक बोलाएको हो ।
गठबन्धन परिवर्तनसँगै राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बोलाएको एक सदस्यले जानकारी दिए ।
नयाँ गठबन्धन बनेसँगै सरकारमा रहिरहने या बाहिरिने भन्ने पनि बैठकमा छलफल हुनेछ ।