तेह्रथुम: तेह्रथुमको पाँचथर हिलिहाङ गाउँपालिका आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेको र दुई बालकको मृत्यु भएको छ। शुक्रवार दिउँसो साढे दुई बजे भएको आगलागीमा स्थानीय सरन पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका चार वर्षीय छोरा निशान खाती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छिन्। उनलाई उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ। आगलागीका कारण नौ परिवारको ४१ जना विस्थापित भएका छन्। घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए।
dineshkhabar