काठमाडौं: माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेर नयाँ समीकरण बनेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको छ।
यसबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने सो पार्टीको तयारी छ। त्यसका लागि एमालेको सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालयमा बोलाइएको छ। यस्तै बैठकमा राष्ट्रपति पदमा उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा समेत उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।