फिदिम : हिलिहाङ गाउँपालिका-७ स्थित एक घरमा आगलागी हुँदा दुई बच्चाको जलेर मृत्यु भएको छ।
प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ-५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम-५ का सन्तोष खातीको ४ वर्षीय छोरा निशान खातीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार अपराह्न घरमा आगलागी भएको थियो।
परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको प्रहरीको भनाइ छ। खरले छाएको घरमा आगलागी भएको थियो।