काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सुडान जाने भएका छन्। फागुन १७ गते दक्षिण सुडानमा हुने फर्म्ड पुलिस युनिटको मेडल परेड कार्यक्रममा सहभागी हुन अर्याल सुडान जान लागेका हुन्।
मन्त्रिपरिषद् बैठकले अर्याललाई कार्यक्रममा सहभागीताका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।