काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति मतदानबारे थप छलफल गरेर निर्णयमा पुगिने जानकारी दिए। राप्रपाका १४ सांसद् छन्।