धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासक मत पाउने अथवा नपाउने बारे टुङ्गो आज बिहीवार साँझसम्म लाग्ने भएको छ। मुख्यमन्त्री शाहले केन्द्रमा शीर्ष नेतृत्वसँग छलफल भइरहेकाले साँझसम्म के हुने भन्ने कुराको टुङ्गो लाग्ने बताए।
प्रदेशस्तरमा पनि सबै पक्षसँग संवाद चलिरहेको मुख्यमन्त्री शाहले बताए। हामीले पनि सबै पक्षसँग संवाद गरिरहेका छौँ । उनले भन्ने केन्द्रमा पनि कुरा भइरहेको छ। साँझसम्म टुङ्गो लाग्न सक्छ ।
यस्तै, नेपाली काँग्रेसका सह(महामन्त्री बद्री पाण्डेले शीर्ष नेताहरूको संवाद चलिरहेको बताए। शीर्ष नेताहरूका बिच अहिले छलफल भइरहेको छ,। उनले भने छलफल ९० प्रतिशत सकारात्मक छ। साँझसम्म एकखाले समझदारी बन्छ होला । सह(महामन्त्री पाण्डेले चुनाव अघि बनेको गठबन्धन ब्युँतने दाबी गरेका छन्।
केन्द्रमा नेताहरूले पाँच दलीय गठबन्धन ब्युँताउने कसरतले आज अन्तिम रूप लिने सह(महामन्त्री पाण्डेले बताएका छन्। पाँच दलीय गठबन्धन ब्युँतीए सुदूरपश्चिममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले सत्ता साँझेदारी गर्ने छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका १९, नेकपा माओवादीका सभामुखबाहेक १० जना र एकिकृत समाजवादीका ४ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वातावारण बन्ने छ।