धनगढी ः रजत जयन्ती ९२५औं वार्षिकोत्सवक०को उपलक्ष्यमा एसपीए कलेजले धनगढीमा रहेको मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बिहीवार मानव सेवा आश्रमको धनगढीस्थित प्रदेश कार्यालयमा गई कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले उक्त रकम आश्रितहरुको उपस्थितिमा आश्रमका आदर्श ढकाललाई हस्तान्तरण गरे।
रकम हस्तान्तरण गर्दै शाहीले रजत जयन्तीमा भड्किलो कार्यक्रम गर्नुभन्दा मानव सेवाका लागि खर्च गर्नु उपर्युक्त हुने भएकाले उक्त सहयोग गरेको बताए। उनले अन्य संस्थाले पनि आफ्ना कार्यक्रमहरुको बजेट कटौती गरेर मानव सेवामा खर्च गर्ने ट्रेन्ड बसाल्नुपर्ने सुझाव दिए। ‘सबैभन्दा ठूलो धर्म भनेकै सेवा हो । त्यो भन्दा ठूलो अरु कुनै हुन सक्दैन,’ शाहीले भने, ‘रजत जयन्तीको अवसरमा हामीले गरेको सहयोगले समारोहहरु धेरै भड्किलो बनाउँनुभन्दा मानविय सेवामा खर्च गर्नपर्छ भन्ने सन्देश दिन खोजेका छौं।’
मानव सेवा आश्रमको धनगढी कार्यालयमा ५२ जना असहायहरु आश्रित छन्। जसको लालन पालन तथा खानाको व्यवस्था आश्रमले गर्दै आएको छ। ती आश्रितहरुको खाना, बस्न र लालनपालन तथा उपचारमा सहयोग पुगोस भन्ने हेतुले एसपीएले उक्त सहयोग गरेको हो।