काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन् । उनको निजी निवास बालकोटमा बिहानैदेखि जन्मदिनको रौनक छ ।
पार्टी कार्यकर्ता तथा सुभेच्छुकहरू ओलीलाई जन्मदिनको शुभकामना दिन बालकोटमा भीड लागेका छन् । निजी निवासको प्राङ्गणमा औपचारिक कार्यक्रमसमेत राखिएको छ । ओलीका बुबा मोहनप्रसाद, धर्मपत्नी राधिका शाक्य, काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोल तथा एमालेका केही नेता कार्यक्रममा उपस्थित छन् ।

कार्यक्रममा बौद्ध भिक्षुहरूले विश्वशान्तिको कामना गर्दै प्रार्थना गरे । नेपाल अफ्रो एसियाली जनएकता संगठनले यो कार्यक्रम आयोजना गरेको हो । ओलीपत्नी राधिकाले आगन्तुकहरूलाई खादा तथा खानेकुराहरु वितरण गरेकी थिइन् ।