आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरूद्ध नेपालले नौ विकेट लिएको छ।
नेपालका लागि सन्दीप लामिछानेले ४ र कुशल मल्ल र करण केसीले एकरएक विकेट लिएका छन्। ३५ औं ओभरमा आफ्नो पाँचौं ओभर बलिङ गरेका करण केसीले उक्त ओभरको पाँचौं बलमा विकेट लिएका हुन्। यसअघि सोही ओभरको तेस्रो बलमा स्कटल्यान्डका ब्याट्सम्यान माइकल लिस रन आउट भएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४०ओभरमा ९ विकेट गुमाउदा १९६ रन जोडेको छ।
खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।
नेपाली टिम ः रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख ९विकेटकिपर०, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल।
सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो। नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो। यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो।
लिग२ मा नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ। बाँकी ९ खेल खेल्नुअघि नेपाललाई लिग(२ को शीर्ष तीनमा पारेर विश्वकप छनोटमा पुग्न पर्ने चुनौती छ।