धनगढी: कैलालीको धनगढीमा विद्युतको पोल ढलेको छ। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा विद्युतको पोल ढलेको हो।
विद्युत पोल ढल्दा उत्तरबेहडी–बसपार्क आवतजावतमा समस्या भएको छ। ढलेको पोल पुरानै अवस्थामा फर्काउन दुई घन्टा समय लाग्ने धनगढी विद्युत वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले बताए। विद्युत पोल ढले पनि विद्युत सेवा कँहीकतै अवरुद्ध नभएको उनले बताए।