धनगढी: धनगढी–अत्तरिया ६ लेनमा रोपिएका बोटबिरुवा चोरी भइरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। चटकपुरबाट ८ वटा र राजपुरबाट ४ वटा गरी अहिले सम्म १२ ओटा बोटबिरुवा चोरी भइसकेको नगरपालिकाले जनाएको छ।
साथै ६ लेनमा लगाइएका तारजाली माथिबाट यात्रुहरुले बाटो क्रस गरिदिँदा तारजाली भाचिने भएकाले यसो नगरिदिनसमेत नगरपालिकाले अनुरोध गरेको छ। ६ लेनको प्रत्येक ३ सय मिटरमा बाटो क्रस गर्ने ठाँउ भएकाले सोही ठाँउमा गएर क्रस गर्न आग्रह गरिएको छ। बोटबिरुवा चोरी वा तार माथिबाट बाटो क्रस गर्ने व्यक्ति जो कोही भएपनि फेला परे कारबाही गरिने नगरपालिकाले जनाएको छ।