काठमाडौँ । गएको २४ घण्टामा २७ सय बढीले कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार मात्रै साढे २७ सय जनाले बुस्टर डोज खोप लगाएका हुन् ।
हालसम्म ७९ लाख ७५ हजार ५४१ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइपुगेको मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पूर्णमात्रा खोप लगाउनेको संख्या ९५.७ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउनेको संख्या ९९.५ प्रतिशत पुगेको छ ।