चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरू नगरे पनि सरकारले चक्रपथको कलंकी(बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ। सडक बनाउन चीन सरकारसँग सम्झौता भइसके पनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउँमा काम थालिसकेको छैन। चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो। चिनियाँ पक्षले काम सुरू नगरेकाले सरकारले गर्नुपर्ने खण्डमा पहिले सुरू गरिएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ।
चक्रपथको बाहिरी लेनमा ढल हाल्ने काम भइरहेको योजनाकी प्रमुख सजना अधिकारीले बताइन्। मुख्य लेनको २५र२५ मिटर बाहिर सडकको दुबैतर्फ छरछ मिटरमा कालोपत्र गर्न सम्झौता भएको थियो। आगामी वर्ष फागुनसम्म काम सक्ने लक्ष्य छ।