७ फागुन, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् ।
विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने वित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताए ।
‘ज्ञानेन्द्र जी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ ।’
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै सहकार्यको प्रस्ताव राखेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमोओलीले भने, ‘कोसँग केसँग सहकार्य ? ज्ञानेन्द्र जी राजनीतिमा हिँडिरहनु भएको छ, अस्ति दियो बाल्नु भयो क्यारे मेचीमा गएर, भएकै छ त ।’