काठमाडौंमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले माइकल लिस्कको उत्कृष्ट सतकमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो।
उसका लागि ७९ बलमा सतक बनाएका माइकल लिस्कले ८५ बल खेल्दै ९ छक्का र ३ चौकासहित १०७ रन बनाएर नटआउट रहे।
यस्तै ज्याक जार्भिसले २६ रन बनाउँदा मार्क वाटले २० रन जोडे। ओपनर एवं कप्तान रिची बेरिंग्टन र थोमस म्याकिन्थोसले समान १९(१९ रन बनाउँदा अर्का ओपनर क्रिसटोफेर म्याकबड्री र ब्राण्डम म्याकुलमले समान २२(२२ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा कुशल भुर्तेल, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १(१ विकेट हात पारे।