जुम्ला । जुम्ला बजारमा अटो रिक्सा चलाउने पहिलो महिला हुन् कल्पना बुढा । उनले अटो चलाउन थालेपछि अरू महिला पनि यो काममा जोडिने थालेका छन्। अटो चलाउन थालेपछि कल्पनाको दैनिकी फेरिएको छ ।
बिहानको घर धन्दा छिटो सकेर हतार हतार अटो लिएर बजारमा निस्किनु उनको पछिल्लो दैनिकी बनेको छ। उनी जुम्लाको बजारमा अटो रिक्सा चलाउने पहिलो महिला हुन् । २९ वर्षकी कल्पना परम्परागत सोचाइको अन्त्य गर्दै उनले अटो चलाएर नै जीविकोपार्जन गरिरहेकी छन्। जिल्लाको पहिलो महिला अटो चालक कल्पना बुढा लामो समयदेखि अटो चलाउने काम गर्छिन् ।